पोखरा/ ११ औं पोखरा महोत्सवको टिकट घरबाटै लिन पाइने भएको छ । महोत्सवमा आउने दर्शकले ‘प्रभु पे’ को एप डाउनलोड गरी इभेन्टमा गएर पोखरा महोत्सवमा क्लिक गरी अनलाइन टिकट काट्न सक्नेछन् ।
दर्शकहरुले महोत्सव स्थलमै आएर वा नजिकको प्रभु पे को शाखा तथा एजेन्ट आउटलेटहरु, प्रभु म्यानेजमेन्ट सहकारी नेटवर्क र प्रभु पे मर्चेन्टबाट समेत टिकट काट्न सक्ने प्रभु पेका गण्डकी प्रदेश बजार प्रमुख महादेव अधिकारीले जानकारी दिए ।
युनाइटेड क्लबका सदस्य तथा महोत्सव टिकट व्यवस्थापन उपसमिति संयोजक पूर्णकुमार श्रेष्ठ र डिजिटल अनलाइन टिकेटिङ पार्टनर प्रभु टेक्नोलोजीका जनरल म्यानेजर बिक्की शाहीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पुस २८ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा महोत्सव आयोजना हुँदैछ ।





