बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपाल बैंकको डिजिटल बैंकिङ सम्बन्धि साक्षरता अभियान

नेपाल बैंकको डिजिटल बैंकिङ सम्बन्धि साक्षरता अभियान


  • ढोरपाटन संबाददाता
  • पुष २३ २०७८, शुक्रबार

पोखरा/नेपाल बैंक लिमिटेड तालचोक शाखाको आयोजनमा एक दिने डिजिटल बैंकिङ फाइनान्सियल बित्तीय साक्षरता कार्यक्रम भएको छ । पोखरा २७, तालचोकमा रहेको त्रिवेत्री इन्टरनेसनल कलेजमा अध्ययनरत स्नातक तहको व्यव्स्थापन संकायका १ सय ५० जना बिद्यार्थीहरुलाई उक्त साक्षरता सम्बन्धी अभिमुखिकरण दिइएको तालचोक शाखा प्रबन्धक रिचा खनालले जानकारी दिइन् ।

व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुका लागि डिजिटल बंैकिङ निकै महत्वपूर्ण हुने भएकाले सो क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाई केन्द्रित गरेर कार्यक्रम गरिएको खनालले बताइन् । कार्यक्रमको सहजीकरण बंैकका तालचोक शाखा सहायक प्रवन्धक मञ्जु आले र क्यासियर रामप्रसाद पंगालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->