बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वार्षिकोत्समा वाणिज्य बैंकको मैत्रीपूर्ण फुटसल

वार्षिकोत्समा वाणिज्य बैंकको मैत्रीपूर्ण फुटसल


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७८, आइतबार

पोखरा/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण फुटसलको उपाधि दयाराम पन्तको टोलीले हात पारेको छ । ट्राइबेकरमा हितकाजी गुरुङको टीमलाई २/१ गोल अन्तरले पराजित गर्दै दयारामको टोली विजयी बनेको राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराका प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीले जानकारी दिए । प्रतियोगितामा निर्धारित समयमा हितकाजी गुरुङको टीमसँग दयाराम पन्तको टीम ४÷४ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

लीक सिस्टममा खेलाइएको उक्त प्रतियोगितामा पोखरा उपत्यका भित्रका ६ वटा शाखा र प्रादेशिक कार्यालय गरी ७ वटा कार्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा म्यान अफ दी म्याचको उपाधि दयाराम पन्त, वेष्ट गोलकिपर रामचन्द्र थापा, उदीयमान खेलाडी प्रणय क्षेत्री, अजित मंडल र प्रकाश बोगटी र भेट्रान खेलाडी हितकाजी गुरुङ घोषित भए । राष्ट्रिय वाणिज्य बैंकको ५७ औ वार्षिकोत्सवको अवसर पारी आगामी माघ ५ गते रक्तदान कार्यक्रम, माघ ७ गते सम्पूर्ण कार्यालय परिसरमा सरसफाइ, माघ ८ गते प्रभातफेरी र माघ १० गते बैंकको वार्षिकोत्सव मनाइने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->