आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सिर्जना : गाउँको याद

सिर्जना : गाउँको याद


  • दिपक संगम विश्वकर्मा
  • माघ ६ २०७८, बिहिबार

खाकी छन कि भोकि देख्न पाको छैन
दुस्ख्यो होलान खुट्टा सेक्न पाको छैन ।

धेरै भयो गाउँबाट शहर पसेको साईला
कस्तो होला जन्मगाउँ अझै पुग्न पाको छैन ।

आमाले दाउरा बेची शहर पढ्न पठाईन
अझै पनि आमाको पाउ छुन पाको छैन ।

कराउदै थियो कोईली गाई फर्की आउँदा
कठैवर अझै मेरो गाई दुहुन पाको छैन ।

शहरको धुलोले मुख कालो भई सक्यो
मुलपानीले अझै मुख धुन पाको छैन ।

गाउँको भटमासले बजार भेट आफ्नै गर्छु
गाउँ गई अझै त्यो खेती गर्न पाको छैन ।

काली बाख्रो अझै पनि खोरमा थुनेको छ
म नहुँदा उस्ले रानीबन चर्न पाको छैन ।।

टीकापुर, कैलाली

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->