बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द


  • ढोरपाटन संबाददाता
  • माघ ७ २०७८, शुक्रबार

पर्वत / कार्यरत अधिकांश चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएको तथा त्यो क्रम हरेक दिन बढ्दै गएपछि पर्वत अस्पतालले आकस्मिक बाहेकका अन्य सेवाहरू स्थगन गरेको छ ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी क्षेत्रीका अनुसार कोरोनाको परीक्षणको लागि अस्पताल पुगेकामध्ये ७२ प्रतिशतमा सङ्क्रमणको पुष्टि भएको छ । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित भएपछि सेवा दिने जनशक्ति नभएको तथा अस्पताललाई निसङ्क्रमित गर्नुपर्ने भएका कारण आउँदो माघ नौ गतेदेखि १४ गतेसम्म पाँच दिनका लागि आकस्मिक बाहेकका सेवाहरू बन्द गर्न लागिएको हो ।

‘नौदेखि १४ गतेसम्मका लागि अस्पतालको आकस्मिक सेवा र फिवर क्लिनिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । अधिकांश जनशक्ति सङ्क्रमित भएपछि सेवा दिने अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘यो बेलामा सङ्क्रमित भएका स्वास्थ्यकर्मीहरु त आउने कुरा नै भएन, त्यस बाहेक नियमित परीक्षणका लागि आउनेहरूका कारण पनि अस्पतालबाटै कोभिड फैलिने उच्च जोखिम हुन्छ । सिरियस अवस्थामा रहेका वा कमजोर अवस्थामा रहेकाहरूलाई समाती हाल्न सक्छ ।’

हालसम्म अस्पतालमा कार्यरतमध्ये चार जना चिकित्सक र १२ जना स्वास्थ्यकर्मी गरी १६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । डा. क्षेत्रीले अहिले तेस्रो लहरको सुरुवाती दिनहरूको सङ्क्रमण चलिरहेका कारण सावधानी नअपनाउने हो भने समुदायका धेरै नागरिक सङ्क्रमणको जोखिममा रहको जानकारी दिए ।

दैनिक ३० जनासम्मको परीक्षणमा एकै दिनमा ८७ प्रतिशतसम्म पोजेटिभ देखिएकोमा अहिले ७२ प्रतिशत सङ्क्रमण दर देखिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->