शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा सुन्तला उत्पादन घट्दो

स्याङ्जामा सुन्तला उत्पादन घट्दो


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७८, मंगलबार

स्याङ्जा/ सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यसवर्ष ७६ करोड १२ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ ।
गत वर्षको तुलनामा यसवर्ष तीन करोड २२ लाख ४० हजार रुपैयाँ थोरैको सुन्तला उत्पादन भएको हो । गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा सुन्तला प्रतिहेक्टर ५ प्रतिशत कम मेट्रिक टन उत्पादकत्व दर रहेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए । उनका अनुसार गतवर्ष प्रतिहेक्टर १५ दशमलब २ टन उत्पादकत्व दर रहेकोमा यसवर्ष प्रतिहेक्टर १० दशमलब ३ मेट्रिक टन रहन पुग्यो । गतवर्ष भन्दा तीन सय हेक्टर बढी क्षेत्रफलमा सुन्तला लगाएको र कूल एक हजार ९६९ हेक्टरमा सुन्तला खेती गरिएको उनको भनाइ छ । गतवर्ष १७ हजार ६३२ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १३ हजार ८४० मेट उत्पादन भएको हो । अत्यधिक वर्षा र औंसा किराको प्रकोप देखिएकाले गत वर्षभन्दा झण्डै ३ हजार ८ सय टन सुन्तला कम फलेको उनको भनाइ छ ।

उत्पादकत्व दर घटे पनि सुन्तलाको बजार मूल्य उच्च रहेको र यसवर्ष ५० देखि ८० रुपैयाँ प्रतिकिलोमा सुन्तला बगैचाबाट कृषकले सुन्तला बिक्री गरेका छन् ।यहाँ उत्पादित सुन्तलामध्ये किसानले २५ प्रतिशत आफैं उपभोग गरेको र ७५ प्रतिशत सुन्तला बिक्री वितरण गरेका हुन् । उत्पादित सुन्तलामध्ये तीन हजार ४६० टन अर्थात १९ करोड ३ लाखका सुन्तला आफैले खान तथा इष्टमित्रका लागि उपहारका लागि दिँदा सकिएको हो । १० हजार ३८० मेट्रिक टन अर्थात ७५ प्रतिशत सुन्तला बिक्री गदाँ ५७ करोड ९ लाख आम्दानी आर्जन भएको हो । स्थानीय बजारमा दुई हजार ७६ मेट बिक्री हुँदा मुख्य बजार नारायणघाट, बुटवल, पोखरा र काठमाडौंमा आठ हजार ३०४ मेट बिक्री भएको हो । यहाँ १२ हजार धरधुरी सुन्तला किसानका तीन हजार भन्दा बढी साना ठूला सुन्तलाका बगैचा रहेको र ६÷७ वडा बाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुने गरेको छ ।सुन्तलाका लागि उपयुक्त भुगोल भएकाले पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिका र अर्जुन गाँउपालिकाका १७ वटा वडालाई समेटेर सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा रहेको सुपरजोन कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिए । पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिका सहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला उत्पादनका पकेट क्षेत्र हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->