बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्दै

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्दै


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७८, बुधबार

बागलुङ / धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आईपीओका लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

संस्थाकोतर्फवाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

धौलागिरी लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्रप्राप्त गरी २०७५ फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आईरहेको संस्था हो ।

यसले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ ।

हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पुजि कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ ।

आर्थिक बर्ष २०७७/०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुष मसान्तसम्म आईपुग्दा उक्त वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ ।

आर्थिक बर्ष २०७७/०७८ को मसान्तमा प्रतिशेयर आम्दानी रु.५०।१२ भन्दा बढि कायम गरेकोमा पुष मसान्तसम्ममा आईपुग्दा रु.६१।४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->