काठमाडौं/ साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १०५.५५ अंकले उकालो लागेर २ हजार ८ सय ८५ दशमलव ५३ को विन्दुमा उक्लिएको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९ दशमलव ८१ अंकले बढेर ५ सय ३८ दशमलव ५३ को विन्दुमा पुगेको छ ।
कारोबार रकम सवा ६ अर्ब रूपैयाँभन्दा बढीको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । आज विकास बैंक समूह सर्वाधिक ६.६५ प्रतिशतले उकालो लागेको छ ।
लगानी समूह ६.३६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.६० प्रतिशत, वित्त समूहमा ६.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.५८ प्रतिशत, जलविद्युत समूहमा ५.६३ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै जीवन बीमा समूहमा ३.४० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, लघुवित्त समूहमा ३.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.३६ प्रतिशत, अन्य समूहमा ३.८७ प्रतिशत र व्यापार समूहमा ४.९८ प्रतिशतले वृद्धि भएको छ ।





