बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सूचनाको आधारमा एक किलो सुनसहित रमेश सुनार पक्राउ

सूचनाको आधारमा एक किलो सुनसहित रमेश सुनार पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७८, आइतबार

पोखरा – अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा-३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् ।

अवैधरुपमा सुनको ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौंडाबाट संयुक्त टोली खटिएको थियो ।

प्रहरीले माइक्रोमा जाँचका क्रममा रमेशको साथबाट चारपाटे बिस्कुट आकारको सुन बरामद गरेको हो । उनको साथबाट विभिन्न बैंकका ३ थान चेकबुकसमेत प्रहरीले बरामद गरेको छ ।

पोखरा–१५ रामबजार बस्ने उनलाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->