बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दूधको नयाँ भाउ

दूधको नयाँ भाउ


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७८, शनिबार

पोखरा\फागुन १ गतेबाट पोखरामा बिक्री हुने दूधको मूल्य बढ्ने भएको छ । पोखरा दुग्ध प्रशोधन व्यवसायी संघको बैठकले फागुन १ गतेबाट लागू हुने गरी दूधको मूल्य बढाएको हो । अध्यक्ष पुण्य प्रसाद पौडेलका अनुसार आधा लिटर होलमिल्कको ५७ रुपैयाँ, आधा लिटर स्टाण्डर्ड दूधको ४२ रुपैयाँ ५० पैसा र त्यति नै परिणामको दहीको ७० रुपैयाँ मूल्य कायम गरिएको हो ।
नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दूधको मूल्यमा समायोजन गरेसँगै लागत बढी परेकाले मूल्य बढाइएको उनले बताए । मन्त्रिपरिषद् बैठकले दूधको साविक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको थियो । यसअघि सरकारले एक लिटर दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा कायम गरेको थियो ।
सरकारको घोषणाअनुसार हाल एक लिटर दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा कायम भएको छ । समर्थन मूल्य यति भएपनि दुग्ध विकास संस्थानले खुला दूधको मूल्य भने ७६ रुपैयाँ तोकेको थियो । त्यसमा चित्त नबुझाएका कास्कीका दूध उत्पादक किसानहरुले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->