बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाराही वेकरीको तेस्रो शाखा मनिपालमा

बाराही वेकरीको तेस्रो शाखा मनिपालमा


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७८, शनिबार

पोखरा\बाराही बेकरीको तेस्रो शाखा सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–११ फूलबारीस्थित मनिपालमा ७० लाखको लगानीमा सञ्चालनमा आएको शाखाको शुक्रबार पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष प्रजापतिले छोटो समयमा नै बेकरीले आफ्नो तेस्रो शाखा विस्तार गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । उनले पोखरा उद्योग वाण्ज्यि संघका पूूर्व अध्यक्ष विश्वशंकर पालिखेका पालामा पोखराले विकाश निर्माण तथा सामाजिक क्षेत्रमा मुहार फेर्न सफल भएको स्मरणसमेत गरे ।
त्यस्तै सञ्चालक सुनयना पालिखेले करिब डेढ वर्ष अगाडी कोरोना कालमा बेकरी व्यवसाय सुरु गरेको भन्दै उनले ग्राहकहरुको मायाका कारण छोटो समयमा नै आफूहरुले तेस्रो शाखा विस्तार गर्न सफल भएको बताइन् । बेकरीमा हाल सम्म ३ करोडभन्दा बढीको लगानी रहेको उनको भनाइ छ ।
त्यस्तै पोखरा उद्योग वाण्ज्यि संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले बाराहीले बेकरीको क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले शाखा विस्तारले थप रोजगारीको वातावरण सिर्जना गरेको बताए ।बेकरीले यसअघि पोखराको लेकसाइड र न्यूरोडमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->