बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा थपिए झण्डै १५ हजार मतदाता

पर्वतमा थपिए झण्डै १५ हजार मतदाता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७८, आइतबार

पर्वत/२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा पर्वतमा करिब १५ हजार मतदाता थप भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका एक लाख २१ हजार नौ सय ९० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जबकि २०७४ सालमा १८ वर्ष पूरा गरेका एक लाख सात हजार तीन सय जनाले नाम दर्ता गराएका थिए। तथ्याङ्क अनुसार जिल्लामा कुल १४ हजार छ सय ९० जना थप भएका हुन् ।
स्थानीय तह अनुसार हेर्दा अहिले कुश्मा नगरपालिकामा ३१ हजार तीन सय २४ जना, जलजला गाउँपालिकामा १६ हजार तीन सय ९८, मोदी गाउँपालिकामा १९ हजार छ सय ७७ जना, पैयुँ गाउँपालिकामा ११ छ सय २९ जना, फलेवास नगरपालिकामा २३ हजार पाँच सय ६२ जना, महाशिला गाउँपालिकामा आठ हजार दुई सय ३७ जना र बिहादी गाउँपालिकामा ११ हजार एक सय ६३ जना मतदाता रहेका छन् ।
प्रदेश सभा निर्वाचनको लागि दुई ओटा क्षेत्र रहेको पर्वतमा क्षेत्र नं. दुईमा भन्दा एकमा मतदाताको संख्या बढी रहेको छ । अद्यावधिक विवरण अनुसार क्षेत्र नं. एकमा ६७ हजार तीन सय ९९ जना मतदाता रहँदा क्षेत्र नं. दुईमा ५४ हजार पाँच सय ९१ जना रहेका छन् । जिल्ला निर्वाचन अधिकारी शर्माका अनुसार यो तथ्याङ्क प्रशोधन हुन बाँकी रहेका कारण देखिएको र केही थपघट भने हुने सम्भावन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->