बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्कीमा दूध महँगियो

कास्कीमा दूध महँगियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७८, सोमबार

पोखरा/ कास्की दुग्ध व्यवसाय संघ कास्कीको आइतबार वसेको वैठकले दूध तथा दुग्ध पदार्थमा मूल्यवृद्धि गरेको छ ।
निर्णय अनुसार किसानहरुको व्यावसायिक उत्पादनमा पर्न गएको लागत मूल्यमा भएको वृद्धिले गर्दा मूल्यवृद्धि गरिएको हो ।संघले आइतबार प्रेस विज्ञप्ती प्रकाशित गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै फागुन ५ बाट लागू हुने गरी भाउ बढाइएको जनाएको छ ।

संघका अध्यक्ष विरेन्द्र भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०% किसानहरुलाई र ३०% व्यवसायीहरुलाई रहने गरी मूल्यवृद्धि भएको जिकिर गरिएको छ । विज्ञप्ति अनुसार फ्याट ६÷एसएनएफ ८ भएको र्भैसीको दू प्रतिलिटर १३० रुपैयाँ, फ्याट ५÷एसएनएफ ८ भएको भैसीँको दूध प्रतिलिटर १२० रुपैयाँ, फ्याट ४÷एसएनएफ ८ भएको गाइको दूध प्रतिलिटर एक सय, नौनी प्रतिकेजी नौ सय, पनिर प्रतिकेजी आठ सय, कुराउनी प्रतिकेजी एक हजार, चिज प्रतिकेजी एक हजार एक सय,घ्यू प्रतिलिटर एक हजार एक सय, सादा दही प्रतिलिटर एक ४०, वट्टा दही (स्पेशल) प्रतिलिटर १७० मुल्य कायम गर्ने निर्णय गरिएको सचिव जमुना ढकालले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->