बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा पहिलोपटक हान गठन, अध्यक्षमा सञ्जय श्रेष्ठ

बागलुङमा पहिलोपटक हान गठन, अध्यक्षमा सञ्जय श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७८, मंगलबार

बागलुङ/ बागलुङमा पहिलोपटक होटल संघ नेपाल (हान नेपाल) जिल्ला तदर्थ समिति बागलुङ गठन भएको छ । सोमबार बागलुङ बजारमा सम्पन्न होटल व्यवसायीहरुको भेलाले सञ्जय श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय दतर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सविता आचार्य, सचिवमा एञ्जिल शाक्य र कोषाध्यक्षमा डोलराज पौडेल चयन भएका छन् । समितिका सदस्यहरुमा ललिता थापा, श्रीप्रसाद शर्मा, रुशन सापकोटा, हिमाल पौडेल र मनप्रसाद गुरुङ चयन भएका छन् ।
तदर्थ समितिले तीन महिनाभित्र साधारणसभा गरेर नयाँ समिति चयन गर्ने छ । होटल व्यवसायीको हकहितको संरक्षण, प्रबद्र्धन र पर्यटन प्रबद्र्धनको क्षेत्रमा काम गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->