बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा २ अर्ब लगानीमा केवलकार सरर…!

पोखरामा २ अर्ब लगानीमा केवलकार सरर…!


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७८, शुक्रबार

पोखरा/ पोखरामा आजदेखि केवलकार संचालनमा आउने भएको छ । फेवाताल नजिकै सेदीदेखि २.१६ किलोमिटर उकालो लागेर सराङकोट पुग्न अन्नपूर्ण केवलकार संचालन गर्न लागिको हो । योसहित नेपालमा केवलकारको संख्या ४ वटा पुगेको छ ।
मनकामना मन्दिर दर्शन गर्न नेपालमै पहिलो पटक मनकामना केवलकार संचालनमा ल्याइएको थियो । त्यसपछि दोस्रो आयोजनाका रुपमा चन्द्रागिरी केवलकार संचालनमा छ भने तेस्रो कालिञ्चोक केवलकार रहेको छ । पर्यटकीय नगरी पोखरामा केवलकार संचालनसँगै पर्यटकका लागि थप आकर्षण हुने अन्नपूर्ण केवलकारका प्रबन्धक दिनेश पौडेलले बताए ।

अन्नपूर्ण केवलकारमार्फत् सेदीदेखि सराङकोट पुग्न १० मिनेट समय लाग्ने पौडेलले बताए । केवलकारमार्फत फेवातालको दृश्यावलोकन गरेर सराङकोटबाट हिमालको दृश्य देख्न सकिने उनको भनाइ छ । केवलकार चढ्न एक जनाका लागि ७ सय रुपैया टिकट शुल्क तोकिएको छ । उक्त टिकटबाट केवलकारमा सराङकोट पुगेर फर्किन सकिने पौडेलले जानकारी दिए ।

८ वर्ष अघि केवलकार निर्माण गर्न थालिएको थियो । कोभिड–१९ को महामारीका कारण साढे २ वर्ष ढिला हुन पुगेको कम्पनीले जनाएको छ । केवलकार संचालनमा ल्याउन झण्डै २ अर्ब खर्च भएको प्रबन्धक पौडेलले बताए । उनका अनुसार केवलकारको सराङकोट स्टेसनमा रेष्टुरेण्टसहित साहसिक खेलहरु रक क्लाइम्बिङ, जिपलाइनलगायतका सेवा संचालनमा छन् ।
पौडेलका अनुसार अन्नपूर्ण केवलकारमा १७ वटा डब्बा राखिएका छन् । एउटा डम्बामा एकैपटक ८ जनाले यात्रा गर्न सक्नेछन् । सबै डब्बा एकैचोटी संचालन हुनसके एक घण्टामै ५ सय यात्रुले सेदीदेखि सराङकोट आउजाउ गर्न सक्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->