
स्याङ्जा/ गल्याङ नगरपालिकामा एक हजार सात सयवटा बंगुरका पाठपाठी वितरण गरिएको छ ।
किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा बंगुरका पाठापाठी वितरण गरिएको हो । गल्याङ नगरपालिका ७ मा रहेको कल्लेरी कृषि सहकारी संस्थामार्फत लागत साझेदारीमा ११ वटै वडामा बंगुरका पाठापाठी वितरण गरेको नगरपालिका प्रमुख भुपराज अधिकारीले बताए ।
नगरप्रमुख अधिकारीले दूध उत्पादनका साथै मासुमा पनि गल्याङलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बंगुरका लागि निःशुल्क बिमा, निशुल्क खोप र जुकाको औषधि (ड्रेञ्चिङ) को पनि व्यवस्था गरिएको शर्माले बताए ।
११ वटै वडामा पुगेर बंगुरका पाठापाठी वितरण गरेको कल्लेरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कुमार रानाले जानकारी थिए ।एउटा बंगुरको पाठापाठीलाई छ हजार रुपैयाँ पर्नेमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसानको लागत साझेदारीमा बितरण गरिएको हो । यहाँ बाहुन समुदाय बाहेक अन्य परिवारहरु यस कार्यक्रममा सहभागी भएका छन् ।
गल्याङ नगरपालिकाले अनुदानमा वितरणका लागि ल्याएका बंगुरका पाठापाठी । तस्वीर : अर्जुन काफ्ले





