बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

किसान सूचिकरण गर्दै ताराखोला गाउँपालिका

किसान सूचिकरण गर्दै ताराखोला गाउँपालिका


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७८, आइतबार
फाईल तस्विर

बागलुङ/ ताराखोला गाउँपालिकाले किसानको सूचिकरण थालेको छ । गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरेर गाउँपालिकाले वास्तविक किसानको विवरण लिन थालेको हो । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ को उपदफा ९१० कार्यान्वयनका लागि किसानको सूचिकरण थालिएको हो ।

किसानको पहिचान गरी सरकारी स्तरबाट किसानहरूलाई उपलब्ध गराइने सेवा सुबिधाको पारदर्शिता तथा सुशासन अभिबृद्दि गर्न सूचिकरण थालिएको हो । सबै किसानको पहुँचमा यो अभियान पूर्याउनका लागि वडास्तरमा शिविर सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

शिविरमा किसानहरुको आबश्यक विवरण विद्युतिय प्रणालीमार्फत संकलन गरि किसानलाई सुचिकृत गरिने हुँदा हरेक पटक कृषिका कार्यक्रम संचालन गर्दा सहजता हुने कृषि शाखा प्रमुख कर्णखर भट्टराई बताए ।
संघ, प्रदेश र स्थानिय तीनै तहको साझेदारीमा सूचिकरणको काम हुने छ । सूचिकरण शिविर फागुन ८ गते वडा नं। ५ को धम्सराबाट सुरु भएर फागुन २६ गते समापन हुनेछ । किसान सूचीकरणका लागि किसानले नेपालि नागरिकताको प्रतिलिपी, खेती गर्दै आइरहेको जग्गाको जग्गा धनीपुर्जाको प्रतिलिपी र १ प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित हुन गाउँपालिकाले सुचना प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->