आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कलाकार श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा

कलाकार श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७८, बिहिबार

बागलुङ/ कलाकार तथा पूर्व शिक्षक सूर्यप्रसाद श्रेष्ठ (मिलन)को निधनले कला र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बागलुङका सरोकारवालाले बताएका छन् । गत माघ २६ गते निधन भएका श्रेष्ठको स्मरणमा धवल कला मन्दिरले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्ने वक्ताले श्रेष्ठको साहित्य, कला र शिक्षा क्षेत्रको योगदानको चर्चासमेत गरे ।

बुधबार भएको श्रद्धाञ्जली सभामा बोल्दै संघिय सांसद मनकुमारी केसीले शिक्षा क्षेत्रका अगुवाको निधनले जातीय, धार्मिक र सास्कृतिक इतिहाससमेत लोप भएको बताइन् । श्रेष्ठ लामो समयसम्म बिद्यामन्दिर माबिमा शिक्षक समेत थिए । नेवारी परम्पराका विभिन्न नाँच र पर्वको संरक्षण गर्ने, ती मेलामा नाचिने नाँचहरुको संरक्षणमा श्रेष्ठले अगुवाइ गर्थे ।

धवल कला मन्दिरका अध्यक्ष काजी रोशनको अध्यक्षता र सुदर्शन शाक्यको संचालनमा भएको कार्यक्रममा विद्यामन्दिर माबिका प्रधानाध्यापक शान्तमणि ढकाल, संस्कृतिकर्मी महेशचन्द्र प्रधान, देवबहादुर श्रेष्ठ, इश्वर मलेपति, श्याम श्रेष्ठले बोलेका थिए । स्वर्गीय श्रेष्ठका पत्नि मंगलादेवी श्रेष्ठ पनि साहित्यकार हुन् । उनले गीत तथा कविता विधामा कलम चलाउने गर्छिन् । उनका दुई छोरा र ३ छोरी छन् । श्रेष्ठले २०७५ सालको धवल मोती पुरस्कारसमेत पाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->