पोखरा/ पोखराको सेदीमा १५ करोड लगानीमा ‘वाईयूके सुपरमार्केट’ सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका १८ स्थित सेदी बजार क्षेत्रमा समाजसेवि तथा युवा व्यवसायी युवराज खतिवडाले सुपरमार्केट सञ्चालनमा ल्याउन लागेका हुन् ।
नया वर्ष २०७९ को नयाँ वर्षका दिन नै बजार उद्घाटन गर्ने लक्ष्य राखिएको र आगामी वैशाख १ गतेसम्म भाडा छुट पनि दिइरहेका र अहिले नै केही व्यवसायहरु सञ्चालन भइसकेको भन्दै खतिवडाले उनीहरुले निःशुल्क रुपमा अहिले व्यवसाय सञ्चालन गरिरहेको बताएका छन् ।
तीन तलायुक्त चार वटा बिल्डिङमा ४०० सटर तयार हुने र ती सटर १ सय जना व्यवसायीलाई भाडामा प्रदान गरिने र ५ दर्जन हाराहारीमा व्यवसायी रहने उनले बताए । २० वर्षका लागि करिब १२ रोपनी जग्गा भाडामा लिएर खतिवडाले बजार सञ्चालनमा ल्याउन लागेका हुन् ।लेकसाइड, सेदी, खपौदी र पामेसम्म पुग्ने पर्यटनलाई लक्षित गरेर गेस्टहाउस देखि सबै सामान एकै ठाउमा पाउने गरि मार्केट संचालनमा ल्याउन लागेको कुरा बताएका छन् ।बजारमा सबै एकएक थरिका पसलहरु रहने एकजनालाई दिएपछि अर्कोलाई नदिने र जुन प्रयोजनका लागि छुट्टयाइको सटर त्यही व्यवसायी गर्नुपर्ने अनिवार्यता रहेको बताएका छन् । निम्न र मध्यम स्तरका ग्राहक लक्षित बजारमा सबै स्तरका सेवाग्राही सन्तुष्ट हुने उनको दावी छ ।





