बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मुहार फेरेको डहरे देउरालीमा पर्यटकको लर्को

मुहार फेरेको डहरे देउरालीमा पर्यटकको लर्को


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७८, शुक्रबार

बागलुङ/ सामुन्द्रिक सतहबाट २ हजार २ सय उचाईमा रहेको डहरे देउरालीमा पर्यटकको चाप बढ्न थालेको छ । पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटा र स्याङ्जाको अर्जुनचौपारी तथा आँधीखोला गाउँपालिकाको सिमाानामा रहेको उच्च पहाडमा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका हुन् ।

पहाडको चुचुरोमा रहेको मन्दिर र त्यहाँबाट देखिने प्राकृतिक दृष्यावलोकनका लागि पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । फलेवास नगरपालिकाले पदमार्ग र सडक दुवैको पहुँच विस्तार गरेपछि पर्यटकको संख्या वृद्धि भएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले बताए ।

नगरपालिकाले बितेका पाँच वर्षमा पदमार्ग निर्माणका लागि लार्खौं खर्चेको छ । फलेवासको मुकाम खानीगाउँदेखि डहरेसम्म पुग्ने सडक पूरा भएको छ । नगरपालिकाले पहिले भएको सडकलाई स्तरोन्नति र नयाँ सडकसमेत निर्माण गरेर पहुँच विस्तार गरेको हो ।
डहरे देउरालीमा रहेको मन्दिरमा लिफ्टिङ प्रविधिबाट पानी र विद्युतसमेत पु¥याइएको छ । डहरेको जंगल क्षेत्रलाई फलेवासले खुल्ला चिडियाखाना घोषणा गरेको छ । यहाँ रहेका चराचुरुङ्गी तथा वन्यजन्तुको संरक्षण गर्दै प्राकृतिक पर्यटनको विकास गर्न लागिएको प्रमुख शर्माले बताए ।

नगरपालिकाले डहरे क्षेत्रमा आवश्यक सबै पूर्वाधार निर्माणमा चासो देखाएको छ । डहरेको लेकबाट दर्जनौं हिमश्रृंखला, पर्वत, कास्की, स्याङ्जा र बागलुङका कयौं समथर बस्ती तथा पहाडहरुको श्रृंखला देख्न सकिन्छ । प्रकृतिसँग रम्ने र धर्मसँग जोडिएका पर्यटक यहाँ पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->