आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्वतमा प्रदेशस्तरीय सेभेन ए साइड हुने

पर्वतमा प्रदेशस्तरीय सेभेन ए साइड हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

पर्वत / पर्वतमायही चैत २२ देखि २६ गतेसम्म पर्वतमा गण्डकी प्रदेशस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ।
कुश्मा स्पोर्टस क्लब प्रतियोगिताको आयोजक हो । प्रतियोगिता बडगाउँको मैदानमा हुने क्लबका अध्यक्ष विक्रम श्रेष्ठले बताए। पर्वतमा रहेको खेल मैदानमा २०५८ सालमा सशस्त्र प्रहरी बलको गण राखिएपछि खेल गतिविधि सुस्ताएका थिए ।

‘यहाँका खेलाडीहरूलाई अभ्यास गर्ने ठाउँको अभाव थियो। अहिले प्रदेश मन्त्रालयले पाँच लाख दिएपछि बडागाउँको मैदानलाई व्यवस्थित बनाएका छौँ। यही कारण पनि बल्ल प्रतियोगिताको आयोजना गरिएको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘कोभिडका कारण बन्द अवस्थामा रहेको खेल क्षेत्रलाई चलायमान बनाउनको लागि पनि यो प्रतियोगिताको आयोजना गरिएको हो। खेलको माध्यमबाट युवालाई सही बाटोमा ल्याउन पनि भूमिका रहेको हुन्छ।’

उनका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने छन् । प्रदेशका सबै जिल्लाबाट कम्तीमा पनि एक टिम सहभागी गर्ने तयारी गरिएको र टिम पुगेमा एकभन्दा बढी पनि सहभागी हुन पाइने छ। नक आउटको आधारमा खेलाइने उक्त खेलमा कम्तीमा पनि २० समूहले प्रतिस्पर्धा गर्न सक्ने आयोजकको अनुमान छ। समूह दर्ताका लागि आठ हजार रुपैयाँ तोकिएको र बाहिरी जिल्लाबाट आएका खेलाडीहरूलाई बसाई व्यवस्थापनको लागि केही सहयोग गर्ने गरी प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले बताए। करिब १५ लाख खर्चको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->