बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

निःशुल्क स्वास्थ्य शिविरमा सात सय जनाको परीक्षण

निःशुल्क स्वास्थ्य शिविरमा सात सय जनाको परीक्षण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७८, मंगलबार

पर्वत/ अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतका दुई स्थानमा सञ्चालन गरेको फरक फरक निःशुल्क स्वास्थ्य शिविरमा करिब सात जना नागरिकले स्वास्थ्य परीक्षण गराएका छन्।
समाजकी नेपाल संयोजक मुना भुसालका अनुसार जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोकमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सय १५ जना र पैयुँ गाउँपालिका–४ हुवासमा आयोजना गरिएको शिविरमा चार सय ९७ जना गरी कुल छ सय ९३ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

दुई ठाउँमा आयोजना गरेको शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, सेतो पानी बग्ने रोगको उपचार, स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण, पन्त परीक्षण तथा उपचार, दाँत निकाल्ने र साधारण रोगको परीक्षण तथा उपचार गरिएको थियो। शिविरमा सहभागी भएकामध्ये अधिकांश महिलामा पाठेघर खस्ने र तल्लो पेट दुख्ने, ढाड दुख्ने, ग्याष्टाइटिस सम्बन्धी, दाँत दुख्ने समस्या बढी देखिएको थियो। शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन, दन्त रोग विशेषज्ञ कृष्ण सुवेदी र जनरल चिकित्सक हेमन्त बास्तोलाले सर्वसाधरणहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले जलजला र पैयुँ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविर सञ्चालन गर्नको लागि सम्बन्धित स्थानीय तह सहित पर्वत अस्पतालले पनि सहकार्य गरेका थिए।
नेपाल संयोजक भुसालले आधुनिक उपकरण सहित स्वास्थ्यकर्मीको टोली गाउँमा पुग्दा ग्रामीण क्षेत्रका बासिन्दालाई खुसी मिलेको बताइन्। शिविरमा स्वास्थ्य चेकजाँचका साथै बिरामीलाई निःशुल्क औषधी समेत वितरण गरिएका कारण पनि विभिन्न समस्याले बजारमा रहेको स्वास्थ्य संस्थामा आउन नसकेकाहरूले गाउँमा नै सेवा पाएको बताइन्।

अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको बताउँदै आउँदा दिनमा पनि शिविर आयोजना गर्ने बताए। रोजगारीको शिलिशिलामा विभिन्न देशमा पुगेका तथा गैरआवासीय रूपमा रहेका पर्वतेलीहरु सामेल रहेको समाजले जिल्लावासीको लागि अरू धेरै काम गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->