बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस निकट व्यवसायीहरुको पनि छुट्टै संगठन

कांग्रेस निकट व्यवसायीहरुको पनि छुट्टै संगठन

गण्डकी अध्यक्षमा चन्द्रकृष्ण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७८, बिहिबार

पोखरा\गण्डकीमा रहेका नेपाली कांग्रेस निकट उद्योगी÷व्यवसायीहरुले नयाँ संस्था घोषणा गरेका छन् । प्रजातान्त्रिक उद्योगी÷व्यवसायीको प्रदेशस्तरीय भेलाले घोषणा गरेको संस्थाको नामाकरण भने गरिएको छैन । संस्थाको अध्यक्षको रुपमा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई चयन गरिएको छ । कर्माचार्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् ।
एमाले निकट व्यवसायीहरुले यसअघि नै नेपाल राष्ट्रिय वाणिज्य संघ र माओवादी निकट व्यवसायीहरुले राष्ट्रिय उद्योग व्यापार संगठन स्थापना गरे पनि कांग्रेस निकट व्यवसायीहरु भने छुट्टै संस्था खोलेका थिएनन् । कांग्रेसमा आस्था राख्ने उद्योगी व्यवसायीहरु केन्द्रमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश तथा जिल्ला÷नगरमा जिल्ला उद्योग वाणिज्य संघमै आवद्द रहँदै आएका थिए । त्यसो त महासंघको समानान्तर संस्थको रुपमा नेपाल उद्योग परिसंघ,नेपाल च्याम्बर अफ कमर्स नामक संस्थाहरु पनि अस्तित्वमा रहेका छन् । ती संस्थाहरुमा सबै दलमा विश्वास राख्ने व्यवसायीहरु आवद्द छन् । यद्यपि,गण्डकीको च्याम्बर अफ कमर्समा रहेका अधिकांश पदाधिकारी र सदस्यहरु भने एमाले निकट रहेको स्रोतको भनाइ छ ।
कांग्रेस निकट उद्योगी÷व्यवसायीहरुको भेलाले अध्यक्षमा कमाचार्यलाई चयन गरे पनि अन्य पदाधिकारी भने नटुंग्याएको सदस्यमध्येका एक ईश्वर कर्माचार्यले जानकारी दिए । उनका अनुसार अर्को बैठकले संगठनको नाम र पदाधिकारी टुग्याउने सहमति भएको छ । सदस्यहरुमा भने गण्डकीका सबै जिल्लाबाट चयन गरिएको उनले बताए ।
उनका अनुसार कार्यसमितिको सदस्यमा कास्कीबाट ईश्वर कार्माचार्य, नारायण कोइराला हिरा भट्टराई, छत्रधर आत्रेय, जानुका अधिकारी, बागलुङबाट ध्रुव गौतम र उमेश केसी तनहुँबाट कृष्णराज पण्डित पविन्द्रकुमार श्रेष्ठ, नवलुपरबाट चेतन पौडेल र ओमप्रकाश पौडेल, म्याग्दीबाट राजन श्रेष्ठ र सुविन श्रेष्ठ मुस्ताङबाट विष्णुप्रसाद रिजाल र सुवास थकाली, स्याङ्जाबाट लेखनाथ भट्टराई। चेतनारायण श्रेष्ठ र नारायण ढकाल चयन भएका छन् ।
यस्तै पर्वतबाट शिव शर्मा पौडेल र दीपेन्द्र गिरि, गोरखाबाट शितलकाजी मास्के र रामवावु जोशी पनि सदस्य चयन भएका छन् । लमजुङ र मनाङ जिल्लाबाट पछि मनोनयन गरिने ईश्वर कर्माचार्यले जानकारी दिए ।
एशोसिएट सदस्यतर्फ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु बावुराम गिरी र देवकुमार श्रेष्ठ, अडीटर एशोशियशन तर्फवाट पदमवन्धु पोखरेल, स्वास्थ्य तर्फवाट डा गिरिधारी शर्मा पर्यटनबाट गणेशबहादुर भट्टराई,उद्योगबाट किरणक केसी र अटोमोवाइल क्षेत्रबाट मिलन केसी चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बधाइ दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु वराल, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणवावु श्रेष्ठ नेपाल उद्योग महासंघका केन्द्रीय सदस्य बलराम गिरी र देवकुमार श्रेष्ठ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा. गिरिधारी शर्मालगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->