पोखरा/अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गर्दै हरेक आइतबार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ ।यससँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत् दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ३५० रुपैयाँ) सम्मको अतिरिक्त छुट दिइने जनाएको छ । दराजका ग्राहकहरूले आफ्नो आइएमई पे भिसा कार्डमार्फत् भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ५ सय रुपैयाँ) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन् ।
यो सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।





