पोखरा/ नेपाल बैंक लिमिटेड र पोखराको नागढुङगामा रहेको चरक मेमोरियल हस्पिटलबीच साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारी र चरक हस्पिटलको तर्फबाट निर्देशक रामचन्द्र रेग्मीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
समझदारी अनुसार हस्पिटलबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा नेपाल बैंकका ग्राहक तथा परिवारजनाम बिशेष छुट तथा सहुलियत हुनेछ ।यस्तै सम्झौता अन्र्तरगत बैंकको भिसा कार्डका साथै एटिम प्रयोग गर्नेहरुको हकमा अन्तरंग भर्ना फार्मेसी औषधि खरिद ल्याब परिक्षणहरु र शल्यक्रियमा विषेश छुटको व्यवस्था रहेको छ । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारीले नेपालको पहिलो र्बैक र गण्डकी प्रदेशकै सुबिधा युक्त हस्पिटलसँग सहकार्य गर्न लागिएको बताए चरक हस्पिटलको तर्फबाट निर्देशक रामचन्द्र रेग्मीले सम्झौतामा उल्लेखित सेवा र छुटलाई निरन्तरता दिँदै जाने बताए । बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठका अनुसार शुक्रबार नै बैंक र पोखराको लेकसाइडमा रहेको अतिथि रिसोर्टकाबीचमा पनि व्यावसायिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा बोल्दै रिसोर्टका निर्देशक भरतराज शर्माले लामो समाय देखि नेपाल बैंक सगँ बैैंकिङ कारोबार गर्दै आएको उनले बताए ।





