बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बारम्बार एकै ठाउँमा हिमपहिरो आउँदा स्थानीय त्रसित

बारम्बार एकै ठाउँमा हिमपहिरो आउँदा स्थानीय त्रसित


  • तारानाथ आचार्य
  • फाल्गुन २२ २०७८, आइतबार
हिमपहिरोले पुरिएर मरेका चौरी। तस्बिर : सौजन हिराचन।

बागलुङ/ शुक्रबार साँझ चौरीगोठको काम सकेर लालबहादुर तामाङ लेते झरे । कात्तिक २८ गतेको पहिरोले झस्किएको उनको मन बेलाबेला झस्किरहन्थ्यो । तर पनि गोठ सुरक्षित छ भनेर उनले चौरीको सेवा गरिरहेका थिए । हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेरि कात्तिक २८ दोहोरियो । सारा गाउँ नै थर्किनेगरी आएको हिमपहिरोले लालबहादुरले घाँसपात गरेर छोडेका चौरीलाई छोडेन् । साथी भेट्न लेते झरेका लालबहादुर भने भाग्यले बाँचे ।

टुकुचे पिक (६९२० मिटर)बाट शनिबार बिहान झन्डै चारबजे हिमपहिरो झरेको वडा अध्यक्ष नरप्रसाद हिराचनले बताए । हिमपहिरोले मानवीय क्षति भने पु¥याउन पाएन् । कात्तिक २८ गते झरेको हिमपहिरोकै रेखा बनाएर शनिवार पहिरो झरेको उनले बताए । थासाङ–२ छिप्लुङ भन्ने ठाउँमा टुकुचे पिकबाट हिमपहिरो झरेको छ । तर, कात्तिकको भन्दा अहिलेको केही सानो आकारमा पहिरो झरेको हिराचनले बताए ।

शनिबार बिहानको हिमपहिरोले पुरिएर नाउरीकोटकी सुशीला गौचनका चौंरी क्षति भएका छन । ३५ वटा चौरी मरेको र १० वटा अझै हराएको वडाअध्यक्ष हिराचनले जानकारी दिए ।
‘रातिको समयमा हिमपहिरो झरेको छ । मानवीय क्षति नभए पनि पशु क्षति भएका छन्,’ उनले भने ‘यो वर्ष हिउँपहिरोले किसानलाई धेरैक्षति पुग्यो, सरकारले क्षतिपूर्ती दिनुपर्छ ।’

उनका अनुसार एउटा चौरीको कम्तिमा ९० हजार रुपैयाँ पर्छ । उमेर अनुसार चौरीको मूल्य तोकिन्छ । खर्क पनि पर्ने भएकोले यो क्षेत्रमा गोठ बनाएर चौंरी पालन गरिन्छ । तर, अघिल्लो पटक हिमपहिरो आउँदा क्षति भएपछि केहीले यहाँको गोठ अन्यत्र सारेका थिए । तर, सुशीलाको मात्र गोठ थियो । त्यही गोठमा लालबहादुरले गोठालो काम गर्थे । संयोग लेते झरेका लालबहादुरले सन्तान सरी सुसार गरेका चौरी त देख्न पाएनन् तर ज्यान भने जोगाए । ‘ऋणधन गरेर जोडेको किसानको गोठ सकिएको छ, अरु धेरै बालीनालीमा पनि क्षति पुगेको छ’, वडाअध्यक्ष हिराभनले भने,‘सबैले सहानुभुति मात्रै बाँढ्छन्, किसानका दुःख पनि देख्नुप¥यो ।’

अघिल्लो पटक हिमपहिरो आएकोले फेरि यत्तिछिटै हिमपहिरो आउने सम्भावना कम रहेको भन्दै स्थानीयले गोठ हटाएका थिएनन । तर, त्यही ठाउँमा फेरि अर्को ढिस्को खसेको वडाअध्यक्ष हिराचन बताउँछन् ।

धवलागिरी रेञ्जको टुकुचे पीकबाट कात्तिक अन्तिममा हिमपहिरो आउँदा भागाभाग भएको थियो । उनका अनुसार हिमपहिरो झरेको ठाउँबाट सबैभन्दा नजिकका बस्ती नाउरीकोट र बोक्सीखोलाका हुन् । यो पटक पहिरो उत्तिसारो भीषण नभएकोले बस्तीसम्म उत्तिसारो नपुगेको उनले बताए । ‘हामीले त बिहान ८ बजेपछि मात्र हिमपहिरो झरेको थाहा पाएका थियौँ । हिमपहिरोले चांैरी पुरिएको थाहा पाएपछि खोजीका लागि भेला भएका छौ,’ उनले भने ।

बारम्बार एकै ठाउँमा हिमपहिरो आउँदा स्थानीय त्रसित बनेको उनले बताए । मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले बिहान चारबजेतिर हिमपहिरो आएको बताए । उनका अनुसार मानवीय क्षति नभएपछि पशुचौपायामा भने क्षति भएको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->