बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतको ‘सुपरम्यान जीपलाइन’ मा

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतको ‘सुपरम्यान जीपलाइन’ मा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७८, सोमबार

पर्वत / राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शाहसिक खेल ‘सुपरम्यान जीपलाइन’मा सहभागी भएका छन् ।

कार्यक्रमको शिलशिलामा गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले कुस्माबजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा शयर गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले जीपलाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेका हुन् । जीपलाइन गरेपछि प्रतिकृया दिँदै उनले रमाइलो र शाहसिक अनुभव भएको बताए ।

‘आफ्नै ठाउँमा भएको शाहसिक खेलको अनुभव र आनन्द लिँदा धेरै राम्रो हुन्छ’ उनले भने, ‘अहिले रमाइलो गर्ने शाहसिक खेलमा सहभागी हुनेक्रम बढेको छ । एकपटक हार्नेस जीपलाइनमा आएर अनुभव लिन म अनुरोध गर्दछु ।’

हार्नेस जिपलाइन प्रालि कुस्माले सञ्चालनमा ल्याएको सुपरम्यान जीपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी रहेको छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइन १४ सय ८० मिटर लामो रहेको छ ।

यसैबीच अध्यक्ष तिमिल्सिनाले नेपालमै पहिलो पटक बनेको सिसाको पुल (स्काईब्रिज) उद्घाटन गरेका छन् ।

कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ देखिन्छ । पुलमा एकैपटक एक सय जना सम्मले स्काईब्रिज चढ्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->