बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कार्यसम्पादन मुल्यांकनमा मुस्ताङको लो-घेकर दामोदरकुण्ड दोस्रो

कार्यसम्पादन मुल्यांकनमा मुस्ताङको लो-घेकर दामोदरकुण्ड दोस्रो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७८, मंगलबार

पोखरा – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका दोस्रो भएको छ । कार्य सम्पादन मुल्यांकनमा लो-घेकर दामोदरकुण्डले ७७.११ अंक प्राप्त गरी दोस्रो भएको हो ।

आयोगले विभिन्न १७ सुचकको आधारमा गरेको मुल्यांकनमा लो-घेकर दामोदरकुण्ड दोस्रो भएको गाउँपालिकाका लेखा अधिकृत सन्तोष विकले वताए । डडेल्धुराका अजयमेरु गाउँपालिकाले ७८.६९ अंक प्राप्त गरी प्रथम भएको छ भने गुल्मीको धुर्काेट गाउँपालिकाले ७६.५४ अंक प्राप्त गरी तेस्रो भएको छ ।

आयोगले नेपालको संविधानको धारा २५१ को उपधारा १ (ख) बमोजिम संघिय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानीकरण अनुदानका लागि उक्त मुल्यांकन गरेको हो ।

कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । समयमै बजेट पेश गरे/नगरेको, असार मासन्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरेको थियो ।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो । आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरेको हो । यहि मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्ने छ ।

करिब दुई सय स्थानीय तहले ५० अंक पनि ल्याएनन्, ४२ तहले ७० भन्दा बढी ल्याए, जसमा एउटै महानगर र उपमहानगर परेनन् । कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाभन्दा गाउँपालिका अगाडि देखिएका छन् ।

आयोगको प्रतिवेदनअनुसार दुई सय ४९ स्थानीय तहले ६० भन्दा बढी अंक ल्याएका छन् । ७० भन्दा बढी अंक ल्याउने तह ४२ ओटा छन् । १ सय ९६ स्थानीय तहले ५० भन्दा कम अंक ल्याएका छन् । २४ वटाले ४० अंक पनि ल्याउन सकेका छैनन् । धादिङको गल्छी गाउँपालिकाले सबैभन्दा कम ३५ अंक ल्याएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->