बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा

इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७८, मंगलबार

पोखरा/ नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात् अब एक अमेरिकी डलर खरिद गर्नका लागि १ सय २३ रुपैयाँ ४४ पैसा तिर्नुपने भएको छ ।
पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धको असर समेत डलरको मूल्यमा परेको बताए ।
उहाँका अनुसार विश्वव्यापी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन् । नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्दछ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्नसक्ने विज्ञहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->