बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एकता सहकारीका महिला कर्मचारीलाई तालिम

एकता सहकारीका महिला कर्मचारीलाई तालिम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७८, बुधबार

बागलुङ\अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बागलुङको एकता सहकारी संस्थाले महिला कर्मचारीहरुलाई एक दिने सहकारी सचेतना तालिम प्रदान गरेको छ ।
महिला कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सहकारीको अवधारणा, मूल्य मान्यता, सिद्धान्त, सहकारी व्यवस्थापनमा कर्मचारीको भूमिका लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको समग्र विकासका लागि सदस्यलाई केन्द्रीत गरेर योजना तथा कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।
सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, सदस्यहरुको चाहना र आवश्यकता पहिचान
कार्यक्रममा सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी र संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले सहजीकरण गरेका थिए । बागलुङ बजारमा वित्तीय कारोबार गर्ने पहिलो सहकारी संस्थाका रुपमा रहेको एकता सहकारी संस्थामा कार्यरत १० जना महिला कर्मचारीहरुको तालिममा सहभागिता रहेको थियो ।
संस्थाले कर्मचारीहरुलाई दक्ष बनाउनका लागि मासिक तथा साप्ताहिक तालिम सञ्चालनको कार्ययोजना तयार पारेको प्रवन्धक राजभण्डारीले जानकारी दिए । एकता सहकारी संस्थामा १ हजार ३ सय जना शेयर सदस्य, १० करोड शेयर रकम, २६ करोड वचत र २५ करोड कर्जा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->