बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सोलारको पीपीए दर ५ रुपैयाँ ९४ पैसा मात्रै

सोलारको पीपीए दर ५ रुपैयाँ ९४ पैसा मात्रै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७८, आइतबार

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा (सोलार) आयोजनाहरूबाट उत्पादित बिजुली खरिद-बिक्रीका लागि आधार दर (बेसरेट) तोकेको छ ।

सोलार आयोजनाहरूमा ५ रुपैयाँ ९४ पैसालाई बेसरेट मानेर विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय प्राधिकरणले गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

अब प्राधिकरणले सोलार आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट ५ रुपैयाँ ९४ पैसाभन्दा महँगोमा किन्नेछैन । ‘बेसरेटभन्दा माथि पीपीए हुँदैन । त्योभन्दा कम बोलकबोल गर्नेलाई प्रतिस्पर्धाका आधारमा पीपीए गरिनेछ,’ घिसिङले भने ।

सोलार आयोजनाहरूलाई प्रतिस्पर्धाका आधारमा मात्र पीपीए गर्ने निर्णय गत माघ पहिलो साता बसेको प्राधिकरणको सञ्चालक समितिबाट भएको थियो । माघ ९ मा बसेको सञ्चालक समितिले पीपीएको बेसरेट तोक्न कार्यदलसमेत गठन गरेको थियो ।

कार्यदलको सुझावका आधारमा प्राधिकरणले बेसरेटसम्बन्धी निर्णय गरेको हो । आधार दर पीपीएको अधिकतम दरका रूपमा रहन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->