पोखरा/ लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबारसम्म दुई करोड १५ लाखको कारोबार भएको छ । महोत्सवमा अहिलेसम्म ८० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
सोमबार विद्यालयस्तरिय कार्यक्रम, रत्यौली गीत, जनजातिको पहिचानसहितको नृत्यहरु राखिएको थियो । गायनतर्फ पूर्णकला विसी र चन्द्र शर्मालगायतका कलाकारले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । फागुन २६ देखि जारी महोत्सव चैत ७ गतेसम्म संचालन हुनेछ ।





