बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ नगरका २३६ किसानलाई अनुदान

बागलुङ नगरका २३६ किसानलाई अनुदान


  • ढोरपाटन संबाददाता
  • चैत्र १ २०७८, मंगलबार

बागलुङ/ पशु, पंक्षी तथा माछा पालन गरिरहेका बागलुङका २ सय ३६ जना किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशु, पंक्षी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २ सय ३५ जना किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलव्ध गराएको हो ।

सोमबार बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैंसी फार्म उद्योगमा दुईसय जना किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानहरुलाई नगद तथा चेक उपलव्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागी पाडापाडी संरक्षण कार्यक्रम अन्तरगत १४ जना किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलव्ध गराईएको छ । अनुदान पाउने एक मात्रै सहकारी वडा नं. ११ को जैविक कृषि सहकारी हो । प्रति पाडा पाडी १० हजार रुपैयाँका दरले किसानलाई अनुदान उपलव्ध गराइएको हो । श्री कृष्ण गाईफार्मले मात्रै १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेको छ ।

त्यस्तै मासुकै उत्पादनको लागि १ सय जना किसानले अनुदान पाएका छन् । प्रति बाख्रा ६ हजारका दरले किसानले अनुदान पाएका हुन् । कुखुरा पालन गरेर खर्च चलाइरहेका ४२ जना किसानले ४ हजार ३ सय रुपैयाँका दरले अनुदान रकम पाएको पशु शाखाका प्रमुख शशीधर शर्माले बताए । बंगुर पालन गरेका ३६ जना किसानहरुलाई ६ हजारका दरले अनुदान रकम उपलव्ध गराइएको छ ।

माछा पालनमा सहभागि किसानहरुले प्रति पोखरी पुरानोले मर्मत खर्च १० हजार र नयाँ पोखरीका लागि २५ हजारका दरले अनुदान पाएका छन् । ४३ वटा माछा पोखर्रीका लागि अनुदान उपलव्ध गराईएको उनले बताए । किसानको प्रोत्साहनका लागि घर घरमै पुगेर व्यवसाय जाँच गरेपछि अनुदान उपलव्ध गराइएको उनले बताए ।

बागलुङ नगरपालिकाको १० लाख रुपैयाँ र नेपाल सरकारको थप १५ लाख रुपैयाँ गरी नगरले एकैपटक २५ लाख रुपैयाँ किसानको हातमा पु¥याएको हो । ‘पशु, पंक्षी पालिरहेकाहरुको समस्या भएन, माछाका लागि नयाँ पोखरीको हामि निरन्तर अनुगमन गर्नेछौं’, उनले भने ‘अनुदान रकम पनि किसानकै पैसा हो, आफ्नै खर्च सम्झेर सदुपयोग गर्न र आम्दानी बढाउन भनेका छौं ।’

अनुदान रकम बितरण गर्दै नगरप्रमुख जनकराज पौडेलले पशु पालन जस्तो कठिन काम गरेर उपभोक्ताको भोक मेटाउन सहयोग गरेको भन्दै किसानहरुलाई धन्यवाद दिए । ‘प्राण भएको जन्तु पाल्न निकै कठिन छ, तर तपाईंहरु गरिरहनुभएको छ’ उनले भने ‘सरकारले दिएको साथलाई सदुपयोग गर्नुहोला । बागलुङ नगरपालिका–६ का अध्यक्ष खिमराज सापकोटाको अध्यक्षता, योजना तथा प्रशासकीय अधिकृत युक्त सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नं. ५ का अध्यक्ष शिव सापकोटा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->