बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नववर्ष महोत्सवको तयारी सुरु

नववर्ष महोत्सवको तयारी सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७८, शनिबार

पोखरा/ होटल संघ पोखरा नेपालले १७ औं फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ । कोभिड– १९ का कारण दुई वर्षसम्म स्थगित् महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।
महासचिव एवं महोत्सवको प्रचार समितिका संयोजक राजेन्द्र ढकालका अनुसार महोत्सवमा खानाका परिकारसहित मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->