बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपाल–इटली उद्योग वाणिज्य संघमा गण्डकीबाट किसान

नेपाल–इटली उद्योग वाणिज्य संघमा गण्डकीबाट किसान


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७८, सोमबार

पोखरा– नेपाल–इटली उद्योग वाणिज्य संघको आइतबार नवराज ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा गण्डकी प्रदेशबाट किसान सुनार सदस्यमा चयन भएका छन् ।

२५ सदस्यीय कार्यसमितिको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल र सचिवमा तीर्थबहादुर रोका चयन भएका छन् ।

त्यस्तै, सदस्यमा मनोज श्रेष्ठ भधेल, अरनिको राजभण्डारी, अरुण केसी, वाशुमाया तामाङ्, भुवनेश्वर फैजु, विना प्याकुरेल श्रेष्ठ, वीरेन्द्र शाही, निरज श्रेष्ठ, राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल, शम्भुकुमार लामा, साम्बा लामा, सुमितकुमार बंशल, सुशील जैन, विनोद साक्तानी र युगेश वादे श्रेष्ठ रहेका छन् ।

संघको स्थापना नेपाल र इटलीबीच भइरहेको व्यापार, व्यवसायलाई व्यवस्थित र विस्तार गर्ने उद्देश्य अनुरुप भएको सदस्य सुनारले जानकारी दिए ।

‘संघको उद्देश्य नेपालमा उत्पादित वस्तु एवं सामग्रीलाई इटली र युरोपीयन बजारमा पु¥याउनु हो’ सुनारले भने ‘नेपाली व्यावसायीलाई आगामी दिनमा इटली र युरोपका अन्य मुलुकमा पहुँच बढाउने संघको लक्ष्य रहेको छ ।’

युवा व्यवसायी सुनार पोखरा चेम्बर अफ कमर्स, कास्कीका संस्थापक अध्यक्षसमेत हुन् । हाल उनी हाल तेजारथ ग्रूपका प्रमुख कार्यकारी निर्देशक रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->