बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लेखनाथ महोत्सव सकियो

लेखनाथ महोत्सव सकियो


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७८, मंगलबार

पोखरा/ लेखनाथमा जारी १७औं संस्करणको लेखनाथमहोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथउद्योग बाणिज्य संघकाअध्यक्षएवं महोत्सवमुलआयोजक समितिका संयोजकछत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सवको समापनगर्दै गण्डकीप्रदेशकापर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । मन्त्री शर्माले गण्डकी प्रदेश सरकारले पोखरामा वैकल्पिक औद्योगिक क्षेत्रका रुपमा पुणिटारमा संभाव्यता अध्ययन गरी कार्य अगाडी बढाएको उल्लेख गरे ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यवसायीक सुरक्षाका लागि स्थानीय प्रशासनले सहयोग गर्ने प्रतिद्धता गरे । नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले मेला महोत्सवले सरकारले आयोजना गर्नु पर्नेमा जोड दिए । संघले आगामी बर्षका लागि समेत महोत्सवका मिति घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->