बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बलेवामा ग्लोबल आईएमई बैंक

बलेवामा ग्लोबल आईएमई बैंक


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७८, मंगलबार

बागलुङ/ ग्लोबल आईएमई बैंकले बागलुङको बलेवामा आफ्नो सेवा बिस्तार गरेको छ । केही वर्षदेखि बलेवा क्षेत्रका सर्वसाधारणलाई काउन्टरमार्फत सेवा दिँदै आएको बैंकले सोमबार आफ्नो २ सय ८९ औं शाखा उद्घाटन गरेको हो ।

बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थानमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षयक दयानिधी ज्ञावली, उद्योग बाणिज्य संघ बागलुङ र पर्वतका अध्यक्षहरुले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका थिए ।
यस्तै एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले उद्घाटन गरेका थिए । बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बलेवा शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्य साथ शाखा स्थापना गरेको बैंकका अध्यक्ष ढकालले बताए । ‘यहाँको पूँजी परिचालन हुन्छ, रोजगारी सिर्जना हुनेगरी व्यवसाय प्रवद्र्धन गर्न बैंक यहाँ आएको हो’, ढकालले भने ‘यहाँ स्रोत साधन नभए बाहिर बाट ल्याउन पनि सहज हुनेछ ।’

ग्लोबल आईएमी बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो बैंक हो । यसले यस क्षेत्रका ग्राहकलाई छिटो छरितो सेवा दिने उदेश्यले एटीएम सेवा समेत सुरू गरेको छ । बैंकले मुलुकभर २ सय ८९ शाखा, २ सय ५४ स्थानमा एटीएम, २ सय ७४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->