नवलपरासी/नेपाल बैंैक लिमिटेडको २ सय १२ औं शाखा नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित चोरमारामा सञ्चालनमा आएको छ । शाखाको नेपाल सरकारका अर्थ सचिव एवं नेपाल बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष मधुकुमार मरासिनी, मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर राना र बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपका शुक्रबार उद्घाटन गरे ।
उक्त अवसरमा मध्यविन्दु नगरपालिकाका नगर उप–प्रमुख ओमकुमारी महतो, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ बराल, नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठ, मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, आन्तरिक राजस्व कार्यालयका प्रमुख टेकबहादुर अर्याल साथै अतिथीको रुपमा मध्यविन्दु नगरपालिकाको वडा नं. ७, ८, १५ का वडाअध्यक्षहरु, बैंक तथा वित्तिय संस्थाका शाखा प्रबन्धकहरु, प्रधानाध्यापकहरु एवं समाजसेवी तथा बुद्धिजीविहरुको उपस्थिति रहेको शाखा प्रबन्धक हिमाल गिरीले जानकारी दिए ।





