बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तातोपानीमा माछापुच्छे«

तातोपानीमा माछापुच्छे«


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७८, सोमबार

म्याग्दी\माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–४, सिंगा तातोपानीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । आइतबार सेवा विस्तार गर्ने अभियानअन्तर्गत तातोपानीमा स्थापना गरिएको १५९ औं शाखारहीत बैंकिङ्ग सेवाको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल,बैंकका गण्डकी प्रदेश प्रमूख निलमगौतम र जीवन कार्कीले सेवाको शुभारम्भ गरेका छन् । तातोपानी बजार, छिमेकी बरंजाका साथै कुण्डमा स्नान गर्न आउने बिरामीलाई लक्षित गरिएको ग्राहक सेवा केन्द्रका लागि स्थानीय ब्यवसायी सन्तोष पुन मगरलाई व्यावसायिक प्रतिनिधि नियुक्ति गरिएको बैंकका बेनी शाखा प्रबन्धक यादव आचार्यले बताए ।
म्याग्दीको सदरमुकाम बेनीमा १६ बर्ष अगाडी निजी क्षेत्रबाट सबैभन्दा पहिलो ‘क’ बर्गको बैंकिङ सेवा सुरु गरेको बैंकले जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तारलाई प्रभावकारी बनाउन शाखारहित बैंकिङ्ग सेवालाई प्राथमिकता दिएको उनले बताए । तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य लगायत स्थानीयबासीको सहभागिता रहेको थियो । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहीत सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी र कर्जाको सिफारिस गर्ने समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->