पोखरा/ पोखराको पस्र्याङमा टिभिएसको सर्भिस सेन्टर संचालनमा आएको छ । जगदम्बा मोटर्स टिभिएस पोखराका लागि आधिकारिक बिक्रेता बतास ब्रदर्सअन्तर्गत रहेको गण्डकी मोटर्स प्रालिले संचालनमा ल्याएको सेन्टरको सोमबार उद्घाटन गरियो । सो अवसरमा जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल, उपाध्यक्ष दीपक रौनियार,बतास ब्रदर्सका प्रवन्ध निर्देशक शान्तराज बतास, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्का एसआर सर्भिस जनरल म्यानेजर अमरदीप मजुन्दर, स्पेयर्स एण्ड पार्टस जनरल म्यानेजर ड्रोना संग्रौलालगायतको उपस्थिति रहेको थियो ।
सेन्टर करिब १४ हजार स्क्वायर फिटमा फैलिएको छ । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो र सुविधा सम्पन्न सर्भिस रहेको कम्पनीले जिकिर गरेको छ । सर्भिस सेन्टरमा दक्ष टेक्निसियन, पूर्ण रुपमा सुसज्जित कस्टुमर लाउन्ज, पर्याप्त पार्किङ स्पेस, अलग दुर्घटना इञ्जिन कोठालगायत सुविधा रहेको बतास ब्रदर्सका सिओओ राजेश रानाभाटले जानकारी दिए ।





