आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

तारेखमा छोड्न उच्च अदालत पोखरामा पल शाहको निवेदन

तारेखमा छोड्न उच्च अदालत पोखरामा पल शाहको निवेदन


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७८, बुधबार

पोखरा/ नाबालिका बलात्कार अभियोगमा अभिनेता पल (पूर्णविक्रम) शाह पुर्पक्षका लागि जेल गर्न आदेश दिएको जिल्ला अदालत तनहुँको आदेश बदर गर्न मंगलबार उच्च अदालत पोखरामा निवेदन परेको छ ।
जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गर्न मंगलबार निवेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । जिल्ला अदालत तनहुँले गरेको आदेश बेरित पूर्वक रहेकाले आदेश बदर गरेर तारेखमा रहन पाउने गरी माग गर्दै निवेदन परेको उनले जानकारी दिए ।

‘पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी पाऊँ भनेर यहाँ निवेदन परेको छ,’ सूचना अधिकारी आचार्यले ढोरपाटनसँग भने, ‘मुद्दा फैसला नभइसकेकाले यो पुनरावेदन भने होइन ।’
अब उच्च अदालत पोखरामा जिल्ला अदालत तनहुँले गरेको आदेश ठिक हो वा होइन भन्ने विषयमा बहस हुने आचार्यले जानकारी दिए । ‘अब यस विषयमा फेरि यहाँ बहस हुन्छ । त्यसपछि तनहुँको आदेश ठिक हो वा तारेखमा छोड्नुपर्ने हो, आदेश हुन्छ,’ उनले भने ।
अभिनेता पल शाहले म्युजिक भिडियो सुटिङका क्रममा आफूलाई फकाइफुलाइ पटकपटक जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिग गायिकाले फागुन ११ गते जिल्ला अदालत तनहुँमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा शाह फागुन १५ गते पक्राउ परेका थिए । जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->