बागलुङ/ नेपाल राष्ट्रिय बाणिज्य संघ बागलुङले उद्योग बाणिज्य संघ बागलुङले आयोजना गरेको साधारणसभा अबैध भएको भन्दै बिरोध जनाएको छ । अध्यक्ष भवनराज बरालले एक बिज्ञप्ती जारी गर्दै बैद्यता सकिएको वर्तमान कार्यसमितिले आयोजना गरेको साधारण सभा तत्काल रोक्न चेतावतनी दिएका छन् । बिद्यान अनुसार अधिबेशन गर्नुको साटो आफ्नो अनुकुल परिस्थिती नरहेको भन्दै अधिबेशन नगर्नु लोकप्रिय संस्था उद्योग बािणज्यसंघलाई अबैधानिक बनाउनु भएको उनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
बिधानले एक कार्यकाल ती बर्षको रहने र बढीमा तीन महिना थप गर्नसक्ने व्यवस्था गरेको भएपनि वर्तमान कार्यसमतिले सबै म्याद गुजारी सकेर साधारण सभाको नाटक गरेको उनले उल्लेख गरेका छन् । नियमनकारी निकायलाई तत्काल भेला रोक्न आग्रह गर्दै बरालले बैद्यानीक बाटोबाट उद्योग बाणिज्य संघ अघि नबढे कानुनी बाटोमा लाग्ने चेतावनी समेत दिएका छन् । स्थानीय तह निर्वाचनको सम्मुखमा रहेको कारण देखाउँदै बागलुङ उद्योग बाणिज्य संघले अधिबेशन पछि सारेर शनिवार शाधारणसभा गरिरहेको छ ।





