बागलुङ/नेपाल बैंक लिमिटेड बागलुङ शाखाले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा थालेको छ । बैंकले बागलुङ बजारको शिवधाराचोकमा निर्माण भएको नयाँ भवनबाट ग्राहकका लागि सेवा दिन थालेको हो ।
२०१७ सालमाबागलुङमा शाखा स्थापना गरेको बैंकले भूकम्पले चिरा परेको घर छाडेर भाडाको घरबाट सेवा दिँदै आएको थियो । भूकम्पले चर्केको पुरानो घर भत्काएर नयाँ बनाइएको हो । प्राय ः सरकारी कार्यालयका काम नेपाल बैंकमा नै हुने र सेवाग्रहीको संख्या धेरै हुँदा लाईन बस्न समेत समस्या थियो । नयाँ भवनबाट सेवा प्रारम्भ भएपछि ग्राहक र कर्मचारी सबैका लागि सहज हुने बैंकका शाखा प्रबन्धक अमृत सेवाले बताए ।
पुरानो घर साँघुरो भएको भन्दै २०७१ सालदेखि बैंक भाडाको घरमा बस्दै आएको थियो । त्यही बीचमा भूकम्पले पनि घर चिरा पारेको थियो । २०७६ सालमा निर्माणको जिम्मेबारी पाएको देव एण्ड सायर तिलक निर्माण सेवाले निर्धारित समय अगावै भवन निर्माण सकेर हस्तान्त्रण गरेपछि सेवा सुरु भएको सेवाले बताए । भवनको औपचारीक उद्घाटन भने आउँदो बैशाखमा हुने छ । बागलुङ बजारमानै पहिलो पटक सवारी पार्किङ सुविधा सहितको भवनबाट बैंकले सेवा दिन थालेको हो । यसअघी कुनै पनि बैंक तथा वित्तीय संस्थाको भवनमा पार्किङको सुविधा छैन् । बैंकले नयाँ भवनबाट सेवा दिनथालेसँगै लकर सुविधासमेत थप गरेको सेवाले बताए ।





