बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१७ औँ फेवा नव महोत्वसमा टिकट नलाग्ने

१७ औँ फेवा नव महोत्वसमा टिकट नलाग्ने


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७८, मंगलबार

पोखरा / होटल संघ पोखरा नेपालको आयोजनामा हुने फेवा नव महोत्सवमा यो वर्ष टिकट नलाग्ने भएको छ ।

संघले आयोजना गर्दै आइरहेको महोत्सवलाई परिमार्जित गर्दै यो वर्ष खुल्ला रुपमा महोत्वस गर्न लागेको हो ।

नेपाली नयाँ वर्षलाई लक्षित गर्दै संघले १७ औँ फेवा नव वर्ष फेवा महोत्सवको आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

विगतका वर्षहरुमा निश्चित क्षेत्रमा प्रवेश शुल्क लिएर महोत्सवको आयोजना गरिदैँ आइरहँदा यो वर्ष महोत्सवको समय समेत घटाएर सडक महोत्वसको आयोजना गर्न लागिएको हो ।

‘हामीले रेवानले गर्ने सडक महोत्वसकै संरचनामा आयोजना गर्न लागेका हौँ’ संघका अध्यक्ष एवम् महोत्वस संयोजक लक्ष्मण बरालले भने ।

पोखरा लेकसाइडको ३ किलो मिटर क्षेत्रमा चैत्र ३० गते र बैशाख १ गते महोत्सवको आयोजना गरिने भएको हो ।

महोत्वसमा २ स्टेज समेत बनाइ महोत्सवमा विभिन्न ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरु, पप कन्र्सट लगायतका मनोरञ्जनका कार्यक्रम गरिनेछ ।

यस्तै विभिन्न बाजा, भजन तथा रत्यौली लगायतको कार्यक्रम समेत आयोजना गरिने सुबेदीले जानकारी दिए । महोत्सव सञ्चालन गर्न ३५ लाख खर्च लाग्ने र उति नै आम्दानी हुने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->