पोखरा/ दराजले नव वर्ष २०७९ – नयाँ रहर, नयाँ अफर सुरु भएको घोषणा गरेको छ । चैत २७ को रातिबाट सुरु भएको यो अभियानबाट ग्राहकले थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव पाउने दराजको दावी छ । अभियानको ६० प्रतिशतसम्मको मेघा डिल,५ हजारसम्मकामे छुट लगायत बम्पर उपहार रहेका छन् । दराज नव वर्ष २०७९ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा १ हजारदेखि १५ सयसम्मको छुट् पाउन सक्ने पनि जानकारी दिएको छ । त्यसैगरी, दराज नव वर्ष २०७९ अभियानमा प्रदर्शित‘खेल एक रुपैयाँ’ भाग लिने ग्राहकहरुले विभिन्न मोवाइल जित्ने जनाइएको छ ।





