बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चिमखोले काइँलाद्धारा पिएन क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण

चिमखोले काइँलाद्धारा पिएन क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७९, बिहिबार

वेलायत निवासी दुधबहादुर पुन (चिमखोले काइँला) ले पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा जन्म भई कामको शिलशिलामा वेलायत पुगेका लेखक, गीतकार, निर्देशक तथा कवि समेत रहेका चिमखोले काइँलाले चिमखोले काँइला अक्षयकोष मार्फत विभिन्न ८ विधाका एक दर्जन पुस्तक हस्तान्तरणका साथै प्रोजेक्टर प्रदान गरेका हुन् ।

आफुले एसएलसी पश्चात पृथ्वीनारायण क्याम्पसमा पढ्ने इच्छा हुदाँहुदैँ पनि गरिबिका कारण गाउँमै थन्किनुपर्ने बाध्यता र पछि लाहुरे भएको सुनाउँदै शिक्षाकै क्षेत्रमा काम गर्नका लागि अक्षयकोषको स्थापना गरेको बताए ।

उनले म्याग्दी जिल्ला शिक्षाको हिसाबले निकै पछि परेको तर, आफुमा पढ्ने रहर भएकाले विदेशमा गएर पनि जागिरको साथै शिक्षालाई समेत अघि बढाएको सुनाए ।

उनले आफु पढ्न नपाएपनि पढ्न चाहेको क्याम्पसमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए ।

पृथ्वीनारायण क्याम्पस सहायक क्याम्पस प्रमुख प्रा.डा. लालबहादुर कुँवरले पुस्तक हस्तान्तरण गर्नु पुण्यको काम भएको बताए । उनले नेपाली विभागमा नयाँ प्रमुख आएसंगै परिवर्तन आएको सुनाए ।

नेपाली विभाग प्रमुख डा. कुसुमाकर न्यौपानेले चिमखोले काँइला प्रेरणाको स्रोत रहेको सुनाए । उनले सहयोग गर्नु सामान्य कुरा नरहेकाले उनले लिखित पुस्तकले विद्यार्थीलाई थप शिक्षा मिल्ने बताए ।

चिमखोले काइँलाले कविता संग्रह, गीति एल्बम्, चलचित्र, कथा गरी एक दर्जन बढि कृतिहरु लेखिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->