बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काठमाडौ बेकरीको रजत वर्ष

काठमाडौ बेकरीको रजत वर्ष


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७९, आइतबार

पोखरा/ पोखरा महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले २५ औं वार्षिकोत्सव मनाएको छ । बेकरीले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थापनाको रजत वर्ष मनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीबबहादुर कोइरालाले सरकारी तवरबाट व्यवसायीहरुलाई आवश्यक सहयोग नभएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरुमा दूरदर्शीताको खाँचो रहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कार्यप्रतिको लगनशिलताका कारण बेकरीले उचाइ लिन सफल भएको बताए । बेकरीका सञ्चालक रोशन महर्जनले आफ्ना पिताले २०४७ सालमा पोखराको ओपन हाउसमा केही समय जागिर गरेर जम्मा गरेको ३ हजार रकमले पसल सुरु गरेको जानकारी दिए । काठमाडौँ फ्रेस वेकरी पोखराको सितलादेवीसँगै महेन्द्रपुल, भरतपुर, सौराहा, पोखराकै लेकसाईडमा शाखा विस्तार गरेको र काठमाडौँमा शाखा विस्तारको तयारीमा रहेका समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->