पोखरा/ नबिल बैंक लिमिटेडले मालेपाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको आइतबार पोखरा ५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
बैंकका निर्देशक आशा राणा अधिकारीले कृषि तथा महिला उद्यमीहरुका लागि बैंकले विशेष कर्जा प्रदान गर्दै आइरहेको बताइन् । बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोकाले विगत ३७ बर्षदेखि ग्राहकहरुकै विश्वासका कारण नेपालकै अग्रणी बैंक बन्न सफल भएको बताए । बैंकका १ सय ४६ शाखा रहेको र ११ लाख ग्राहक संख्या रहेको उनले बताए ।





