पोखरा/ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा शनिबारदेखि शुभारम्भ भएको छ ।
आज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट स्टोरको उद्घाटन गरेका हुन् । भक्तपुरमा मुख्य कार्यालय रहेको यस सहकारीले देशको ३९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको छ ।

डिमार्टमेन्ट स्टोरको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष प्रजापतिले १७ औंबाट १७ सयवटा शाखा खोल्ने लक्ष्य पूरा होस् भन्दै युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे ।

त्यसैगरी, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशील बानियाले पाँच वर्ष भित्रमा पाँचसय डिपार्टमेन्टल स्टोर्स देशभरी खोल्ने र युवाहरुलाई प्रमुख प्राथमिकताका साथ रोजगारी दिने दावी घोषणा गरे । उहाँले भन्नुभयो–‘अहिले पनि यस सहकारीले सातसय भन्दा बढी युवायुवतीलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरेको छ भने सर्वसाधारण जनतालाई सुपथ र सुलभ तरिकाले दैनिक आवश्यक सामग्रीहरु उपलब्ध गराउँदै आइरहेको छ ।’
कार्यक्रममा कास्की जिल्ला कैं सबैभन्दा ज्येष्ठ ११२ वर्षकी वृद्ध आमा गौरी आचार्यलाई वरिष्ठ अतिथिको रुपमा निमन्त्रणा गरेर सम्मान गरिएको थियो ।१९६६ साल चैत महिनामा कास्कीको धितालमा जन्मेकी भएकी वृद्ध आमालाई शिखर अर्गनाइजेसन लिमिटडेका उपाध्यक्ष गीता शर्मा र प्रमुख अतिथि प्रजापतिले सम्मान गरेका थिए ।

कार्यक्रममा उपकार मिडिया हाउस, टेक्नोडाउन प्रालि, डिजिटल शिखर कम्पनीका अध्यक्ष कल्स शर्मालाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा डिपार्टमेन्टल स्टोर्सकी कर्मचारी सुशीला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।






