प्यारो छोरी निलम रुयासामा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना…
छोरी रुयासा निलमलाई मेरो दैनिक रुपमा भन्दै आएका सुझावहरुलाई भाइ हिम्मत र यमुनालाई समेत अनुभुति गराउनमा ध्यान दिनु पर्दछ । फुर्सदमा पत्रपत्रिकामा प्रकाशन भएको अन्य लेख समाचार, सम्पादकीय अध्ययन गरेमा शब्द भण्डार बढाउन सहयोग मिल्ने नै छ ।
आजको श्रृंङखलामा वर्ष ५ अंक ४३ वैैशाख ११ गते आइतबार २०७९ मा नेपाल सरकार विज्ञापन बोर्डको सामाजिक सञ्जालको दुरुपयोगबारे सचेत रहौं भन्ने सन्देशमुलक सूचनाका बारेमा जानकारी दिन चाहान्छु । हुनतः छोरी रुयासामा मोबाइल प्रतिको लगावले यस सम्बन्धी ज्ञान हुन सक्दछ । नेपाल सरकार विज्ञापन बोर्डका थुप्रै सूचनामुलक सन्देशहरुका बारेमा खोजी खोजी जानकारी र शिक्षा लिनु पर्दछ । जसले सचेतनामा वृद्धि हुन्छ । सचेतनाले व्यक्तित्व विकासमा टेवा पुग्न जान्छ । सामाजिक सञ्जाल भन्नाले फेसबुक, ट्वीटर, लाइन, टिकटक, हाटस्एप, भाइबर आदि हुन् । आफुले प्रयोग गर्ने मोबाईल, कम्प्युटर जस्ता विद्युतीय उपकरण सधै लगआउट गर्नुपर्दछ । अरुलाई आफनो एकाउण्टको पासवर्ड थाहा दिनु हुदैन । साथीभाई वा अन्यको फोटो तथा भिडियो खिच्नुअघि र सामाजिक सञ्जालमा राख्नुअघि अनुमति लिनु पर्दछ । अपरिचित व्यक्तिको साथी बन्ने प्रस्ताव आए अस्वीकार गर्नुपर्दछ । सामाजिक सञ्जालमै चिनेको भरमा बोलाएको ठाउँमा भेटन जानु हुदैन । सामाजिक जिवनमा गर्न नमिल्ने काम तथा व्यवहार सामाजिक सञ्जालमा गर्नुहुदैन । सामाजिक सञ्जालमा देखिएका भ्रामक, आधिकारिता नभएका सूचना सन्देश, फोटो तथा भिडियो शेयर गर्नुहुदैन । कसैको मर्यादा, प्रतिष्ठा तथा सम्मानमा आँच आउने खालका सूचना तथा सन्देश पोष्ट वा शेयर गर्नु हुदैन । शंकास्पद तथा अशोभनीय सन्देश प्राप्त भए प्रतिवाद गरौं र रेकर्डको लागि सुरक्षित राख्नुपर्दछ । त्यसैले सामाजिक सञ्जालको उपयोगमा सचेत बनौं र त्यसबाट हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रण गर्नुपर्दछ । यि र यस्तै सुझावहरु जानकारीमा लिदै थप सूचनामुलन सामाग्रीहरुका संग्रह गर्नुपर्दछ । थप नेपाल सरकार विज्ञापन बोर्डका जानकारीमुलक सूचनाहरुको अध्ययन गर्नुपर्दछ । खोजी खोजी थुप्रै पत्रपत्रिकाहरुमा आउने गर्दछ ।
छोरी रुयासा निलम विश्व लोकप्रिय बालबालिका बिचमा युट्युब देखिएको छ । ८९ प्रतिशत बालबालिकाले युट्युब र ५० प्रतिशत बालबालिकाले टिकटक प्रयोग गरेको पाइएको छ । सकारात्मक शैलीमा प्रतिफल आउने हिसाबले लोकप्रियतालाई पछयाउनु पर्दछ । फेरी अत्यधिक लतले दुर्घटनामा पु¥याउन सक्नेमा ख्याल गर्नुपर्दछ । इन्टरनेटको पहुँचले बालबालिकाको मष्तिकमा सकारात्मक नकारात्मक दुवै भुमिका खेलेको छ । नकारात्मकलाई निरुत्साहित गर्दै सकारात्मक पक्षलाई अभिवृद्धि गर्नका लागि युट्युव, टिकटक साधनको रुपमा प्रयोगमा आउनु पर्दछ । बढ्दो इन्टरनेटको प्रयोगले मनोदशालाई अब्बल बनाउनमा टेवा देओस् भन्ने आशय मात्र हो ।
छोरी रुयासा निलम म खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङको आयोजनामा भएको बजार अनुगमन कार्यक्रममा निरीक्षकको रुपमा घरेलु तथा साना उद्योग कार्यालय बागलुङबाट प्रतिनिधित्व गर्दै सहभागी भएको थिए । नयाँ अनुभव थियो मेरो लागि पनि । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङबाट सम्पुर्ण खाद्य उद्योगी, होटल रेष्टुरेन्ट व्यवसायी, मिठाई व्यवसायी, खाद्य पदार्थसँग सम्बन्धित व्यापारी तथा व्यवसायीमा हार्दिक अपिल प्रकाशन भएको रहेछ । सोको बारेमा छोरीले पनि जानकारी लिएमा राम्रो हुने ठानेर प्रस्तुत गर्न गईरहेको छु । खाद्य तथा दाना उद्योगहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखराबाट अनुज्ञापत्र लिएर मात्र आफनो उत्पादन बिक्रीवितरण गर्नुपर्दछ । कुनै पनि प्याक गरिएको खाद्य÷दाना पदार्थको लेबलमा ब्याज नं., उत्पादन मिति, उपभोग्य मिति, समिश्रण, तौल, मूल्य र उत्पादकको पुरा नाम र ठेगाना अनिवार्य रुपमा उल्लेख हुनुपर्नेछ । दुुषित, न्युनस्तरका, सडेगलेको, म्याद गुज्रेका खाद्य वस्तु तथा योगशिलहरुको प्रयोग गरी खाद्यवस्तु उत्पादन गर्न मनाही छ । पानी, दुध तथा सम्पुर्ण खाद्य व्यवसायीले खाद्य पदार्थको उत्पादन, बिक्रि वितरण, भण्डारण, गुण नियन्त्रण, सरसफाईको व्यवस्था गर्नुपर्ने र सो को अभिलेख राख्नुपर्ने छ । उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ पसलमा बिक्रीको लागि राख्न नहुने, उपभोग्य मिति समाप्त भएमा ‘म्याद गुज्रेका खाद्य पदार्थ’ भन्ने ट्याग लगाएर छुट्टै राख्न सकिने तर जति सक्दो चाँडो नष्ट गर्ने व्यवस्था गर्नुपर्ने छ । दुषित, न्युनस्तरका, सडेगलेको, म्याद गुज्रेका खाद्य वस्तु/योगशिलहरुको प्रयोग गरी खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गर्न मनाही छ । होटल, रेष्टुरेण्ट, मिठाई पसल, चमेना गृह आदिको किचन तथा बसेर खाने ठाउँमा राम्रो सरसफाई भएको हुनुपर्नेछ ।
होटलमा काँचो र पकाएको खाद्यपदार्थ तथा मासु जन्य र शाकाहारी खाद्य वस्तु छुट्टाछुट्टै भण्डारण गर्नुपर्ने छ । साथै उचित स्थानमा साबुन, तातो÷चिसो पानी र पुछ्ने सफा टावेल सहितको सफा शौचालयको व्यवस्था गर्नुपर्ने छ । अखाद्य रङको प्रयोग गर्नु हुँदैन र पकाएर खाने वस्तुमा खाद्य रङ पनि प्रयोग गर्न हुँदैन । प्रचलित खाद्य ऐन नियम निर्देशिका, कार्यविधिका बारेमा अस्पष्ट भएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरी विस्तृत जानकारी लिन सकिनेछ । खाद्य ऐनका अलावा अन्य कार्यालयहरुका ब्रोसर, अपिल, संक्षिप्त परिचय, नागरिक बडापत्र, सेवा प्रवाह बडापत्र आदिका बारेमा जानकारी लिनु पर्दछ ।
छोरी रुयासाले मानव विकासमा कानुनी शिक्षाको बारेमा सामान्य भएपनि जानकारी लिनुपर्ने हुन्छ । मानिसको जिवनमा कानुनको महत्वलाई अंगाली कसरी आर्दश पात्र बन्न सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्दछ । बालबालिका भन्ने बित्तिकै कलिलो उमेर भएकोले उनीहरु आफनो हित र अहितको विषयमा आफै निर्णय लिन नसक्ने भएकोलले बालबालिकामा कानुनको जानकारी हुनुपर्दछ । मानव विकास गर्भावस्थादेखि मृत्युपर्यन्त जारी रहने एक निरन्तर चलिरहने प्रक्रिया हो । बाल्यकालमा विकासका लागि शिक्षाको आवश्यकता पर्दछ । शिक्षा आधारभुत र मौलिक अधिकारभित्र पर्दछ । असल खराब छुट्टयाउन सक्ने विवेक प्रदान गर्ने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय गर्नुका साथै आदर्श बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छा अनुसारको प्रतिभा देखाउने र विभिन्न किसिमको विकासमा टेवा पु¥याउने कार्य शिक्षाले गर्दछ । सरकारले नागरिकको सर्वाङगीण विकासका लागि विभिन्न किसिमको लगानीमध्ये संविधान, ऐन, कानुन, नीति र कार्यक्रमहरुमा गर्नुपर्दछ । बालबालिकाको सर्वाङगीण विकासका लागि कानुनको आवश्कता पर्दछ । शिक्षाले सबैलाई विविध पक्षमा आदर्श बनाउँछ । शिक्षा आदर्श व्यक्तित्व भएको व्यक्तिलाई जन्माउने प्रक्रिया भएको सिकाइको अवसरमार्फत विद्यालयमा शिक्षाका लागि सफलताको जग बसाल्नुपर्दछ । कानुनी व्यवस्थाका लागि कानुन भनेको प्लेटोका अनुसार यथार्थताको अन्वेषक हो । अस्टिनले कानुन भनेको आचरण र व्यवहारको यस्तो नियम भएकाले सम्प्रभुता प्रदान गरी लागु गरिन्छ भनेका छन् । रोस्क पाउन्डले जनइच्छाको प्रतिबिम्ब हो भनेका छन् । कानुनले जनताको हक अधिकार सुनिश्चित गर्छ भने सरकारको शक्ति सन्तुलन गर्ने काम गर्दछ । कानुनले व्यक्तिको आचरण र व्यवहारलाई नियन्त्रण राखी समाजमा शान्ति र सुव्यवस्था कायम गर्छ ।
छोरीले शब्द भण्डार बढाउनको लागि विविएस प्रथम वर्षमा पढ्ने किताबका बारेमा भरपुर लेख, आलेख, निवन्ध लेख ताकि भोलि परिक्षामा राम्रोसँग लेखी अब्बल दर्जा अंक ल्याउन सकिन्छ । पत्र लामो होला आफुलाई ज्ञान भएको विषयवस्तुमा भाइलाई समेत जानकारी गराउने कर्तव्यबोध तिमीमा रहेको छ । लोक सेवा आयोगको परिक्षामुखी सामाग्रीहरुको अध्ययन गर्नमा निरन्तरता दिनु पर्दछ । अहिले स्थानीय सरकारको चुनावको माहोल छ । वि.स. २०७९ साल वैशाख ३० गते स्थानीय तहको चुनावमा भोट वा अमुल्य मतदान गर्ने अधिकार छ । चुनाव, उम्मेदवारका विषयमा चासो चिन्तन, चर्चा गर्न लायक हुनु पर्दछ । म त भोट राख्न जान्न है भन्ने मनोवृत्तिलाई परिवर्तन गरी मतदान गर्ने मौलिक हक र नैर्सगिक अधिकारको विषयमा ध्यान केन्द्रित गराउनु पर्दछ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न पार्टीहरुको प्रतिवद्धता पत्र, संकल्प पत्र, घोषणा पत्रको विश्लेषण, बहस गर्ने क्षमताको विकास गर्नमा ध्यान दिनु पर्दछ है भन्दै पत्र लामो होला । खाद्य प्रविधि, कानुनी शिक्षा, विज्ञापन बोर्डको सुचना लगायत चुनावको घोषणा पत्रको बारेमा सामान्य जानकारी दिए । अर्को पत्रमा थप विषय वस्तुका बारेमा लेख्ने वाचा गर्दै यो नवौ श्रृंखलाबाट बिदा चाहान्छु ।
उही बाबा
बागलुङ नगरपालिका–१० भकुण्डे





